सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मदिराका कारण आपराधिक घटना बढ्दै

२०७८ साउन ९, ०८:१० खबर संवाददाता

डोटी: डोटीमा मदिराका कारण आपराधिक घटनामा वृद्धि हुँदै गएको छ। 

गत आर्थिक वर्ष को तुलनामा यस आर्थिक वर्षमा मदिराका कारण आपराधिक घटनामा वृद्धि भएको पाइएको हो। 

डोटीमा आर्थिक वर्ष व २०७७÷७८ मा कूल १३९ मुद्दा दर्ता भएका छन्। जसमध्ये  मदिराका कारण मुद्दा दर्ता भएका २५ वटा रहेका छन्। मदिराकै कारण घरेलु हिंसा, महिला हिंसा र लैङ्गिक हिंसालगायत ३८ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए। जिल्लाको सदरमुकाम र राजमार्ग छेउछाउका बस्तीमा मदिराका कारण आपराधिक क्रियाकलापमा वृद्धि भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

यस आर्थिक वर्षको एक महिनामा मदिराकै कारण जिल्लामा कम्तीमा १८ वटा आपराधिक घटना भएको चन्दले बताए।  दर्ता भएका अधिकांश घटना मादक पदार्थ सेवनका रहेका उनले बताए।

कमेन्ट लोड गर्नुस