सुदूर नेपाललाई विश्वसँग जोड्दै

टोक्यो ओलम्पिकमा भारतले पनि जित्यो पदक, तालिकामा चीनको अग्रता

२०७८ साउन ९, ०३:११ खबर संवाददाता

काठमाडौंः जापानको टोक्योमा जारी ओलम्पिक २०२० मा भारतले पनि पदक तालिकामा खाता खोलेको छ। मीराबाई चानुले भारोत्तोलनको ४९ किलोग्रामतर्फ स्पर्धामा भारतका लागि रजत पदक जित्दै पदक तालिकामा खाता खोलेकी हुन्। 

रजत जित्ने क्रममा चानुले २०२ किलोग्राम तौल उठाएर भारतलाई पहिलो पदक दिएकी हुन्। स्वर्ण जितेकी चिनियाँ विजो जुहईले २१० किलोग्राम तौल उचालिन्। 

ओलम्पिकमा भारोत्तोलनबाट भारतले पहिलो पटक रजत पदक जित्न सफल भएको हो।  यो स्पर्धामा चीनकी होउ जुहईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले काँस्य पदक जितेकी छन्। भारतका लागि पहिलो पदक जिताएकी चानुलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीसहितले बधाई दिएका छन्। 

यसैबीच २ स्वर्ण र १ काँस्य पदकसहित चीन तालिकाको शीर्ष स्थानमा छ। इरान र दक्षिण कोरियाले पनि एक एक वटा स्वर्ण पदक जितेका छन्। भारतले एउटा रजत र एउटा काँस्य पदक जित्न सफल भएको छ। 

कमेन्ट लोड गर्नुस