सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफूलाई मेमोरी किङ्ग भन्ने विजय शाही रियल कि फेक ?

२०७८ साउन ८, ०४:११ टेकसिंह धामी

धनगढीः विजय शाही। अहिले यो नाम युट्युबमा निकै चर्चामा छ तर, नकरात्मक। विजय शाही भन्नेवित्तिकै युट्युबममा भिडियो हेर्नेहरुलाई पक्कै पनि थाहा छ, उनले तहल्का नै मच्चाइरहेका छन्। तहल्का यस अर्थमा युट्युबमा उनका भिडियो भाइरल बनिरहेका छन्।

उनका सामाजिक सन्जालमा अनेक नकरात्मक मिम बनिरहेका छन्। उनलाई केहीले प्रोत्साहन गनुपर्ने बताईरहेका छन् त कतिले उनलाई उडाई रहेका छन्। कतिपयले उनलाई ठगको संज्ञासमेत दिएका छन्।

को हुन् विजय शाही, कसरी चर्चामा आए उनी
विजय कालिकोटका स्थानीय युवा हुन्।  उनी २० वर्षका भए। शाही बेलाबखतमा सामाजिक सन्जालमा चर्चामा आईरहन्छन्। अहिले पनि उनी चर्चामै छन्। कालीकोटमा जन्मिएका शाहीले आफू मेमोरी किङ भएको दाबी गर्दै आएका छन्। तर, उनले त्यसको पुष्ट आधार भने अहिलेसम्म सार्वजनिक गरेका छैनन्।

२०७६ सालको माघको कुरा हो, उनले आफुले मेमोरी किङ भनिएको विधामा च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएको कुरा दाबी गर्दै सार्वजनिक गरे। त्यसपछि उनको नाम चर्चामा आउन थाल्यो। उनले यस्तो दाबी गर्नुअघि यो रेकर्ड नेपालका मेमोरी किङ भनेर चिनिने अर्पण शर्माको नाममा थियो। शर्माले एक मिनेटमा ४२ शब्द स्मरण गरेर रेकर्ड बनाएका थिए। तर, कालिकोटका विजयले यो रेकर्ड आफुले तोडेको मिडियामा बताए। उनले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द स्मरण गरेर यो रेकर्ड ब्रेक गरेपछि च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएको बताए।

जब यो कुरा युट्युबबाट बाहिर आयो, तब सबैले विजयको क्षमतालाई प्रशंसा मात्र गरेनन्, उनलाई फलो गर्नेहरु पनि बढ्न थाले। शाहीको चर्चा बढेसँगै पत्रकार ऋषि धमालाले पनि उनलाई २०७६ साउन ४ मा कार्यक्रममा बोलाए। धमालाको कार्यक्रम जनता जान्न चाहन्छन् मा शाहीले ३ मिनेटमा महाभारत र ५ मिनेटमा नेपाली शब्दकोष पढेर कण्ठ गरेको भनियो। टिभीमा देखाइएको कार्यक्रममा शाहीले केही समयमा नै यी दुई पुस्तक कन्ठस्थ गरेकोसमेत देखाईएको थियो। ६ साउनमा शाहीलाई फेरि रिपोर्टस् क्लबमा लगियो।

त्यहाँ उनलाई केही व्यक्तिहरुले केही किताब दिए र त्यसलाई पढ्न लगाए। तर, शाहीले मानेनन्। यसअघि शाहीमाथि आलोचना हुन थालिसकेको थियो, अब यो आलोचनाको झिल्को झन् बढ्न थाल्यो। ह्वारह्वार्ती सल्किएको यो आलोचना झन् बढ्न थाल्यो। उनले अहिलेसम्म नेपालीलाई झुक्याएको भन्दै आलोचना बढ्न थाल्यो।

त्यसपछि केहि समय उनी गुमनाम बसे। तर, पछिल्लो एक दुई दि यता उनी फेरी विवादमा आएका छन्। एक अन्तर्राष्ट्रिय युट्युब च्यानलमा उनले स्मरण शक्तिको डेमो दिने भन्दै अन्तरवार्ता दिएपछि विवादमा आएका हुन्। उनको उक्त अन्तरवार्ता भिडियो सार्वजनिक भएपछि उनले नेपालीलाई कहिले स्मरण शक्ति, कहिले फर्मुला दिने भनेर झुकक्याएको आरोप लागेको छ। त्यो भिडियोमा एकजना विदेशीले निर्माण गरेका हुन्। जसमा उनलाई आफ्नो क्षमता प्रदर्शन गर्न भनिएको छ। तर, उनले आफुले त्यो उनले यसअघि दाबी गरेको समय सीमामा गर्न नसक्ने भन्दै पन्छिएका छन्। त्यो भिडियोका अनुसार उनलाई भाषाको समेत समस्या देखिएको छ। उनको अंग्रेजी कमजोर देखिन्छ। उनले आफुले पहिला स्मरण शक्ति साधना र अभ्यासबाट प्राप्त हुने बताएका थिए। तर, अहिले उनले त्यो स्मरण क्षमता नभएर दैवी शक्ति भएको बताएका छन्। 

उनले आफ्नो फेसबुक लाईभमार्फत आफुलाई अंग्रजी बिषयमा समस्या भएको र आफुले अब सुधार गर्ने समेत बताएका छन्। तर, बिवादित बनेको भिडियोमा भने आफुले क्षमता प्रदर्शन गरेको र भिडियोलाई काटछाँट गरेर बदनाम गर्न खोजेको बताएका छन्।

यिनै घटना र परिघटनाले उनलाई सामाजिक सन्जालमा नकरात्मक प्रतिक्रिया दिनेहरुको ओईरो लागेको छ। उनले स्मरण शक्ति विधाममा रेर्कड बनाएको भन्दै नेपालका राजनितिज्ञ, कलाकार तथा पत्रकारहरुसँग बताउदै आएका थिए।

                                                                       विजय र प्रचण्डको भेट

टेकसिंह धामी, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस