सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ढुंगा लागेर एक ओभरसियरको मृत्यु

२०७८ साउन ७, ०६:१७ खबर संवाददाता

दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिका ५ मकरीगाडमा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना ओभरसियरको ढुंगा लागेर मृत्यु भएको छ। हाइड्रोपावरको पाइपलाइन खन्ने क्रममा खसेको ढुंगा लागेर ओभरसियर गणेशसिह बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

अपिहिमाल गाउँपालिका ३ घर भएका बोहरा निर्माणाधीन १० मेगावट मकरीगाड हाइड्रोपावरमा ओभरसियरको रुपमा कार्यरत थिए। ढुंगा लागेर बोहराको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस