सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेले बाँदरे जुलुसबाट कोरोनाको रोपाइँ गर्दैछ : बिडारी

२०७८ साउन ७, ०२:३८ खबर संवाददाता

काठमाडौं: राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले विपक्षी नेकपा एमालेले कोरोना फैलाउन लागेको आरोप लगाएका छन्।

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सडक प्रदर्शनमार्फत एमालेले कोरोना फैलाउन खोजेको आरोप लगाएका हुन्। ‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्दैछ, उसलाई मज्जा छ,’ उनले भने।

सरकारविरुद्ध केही दिनयता नेकपा एमालेको युवा संगठनले सडक प्रदर्शनलाई तीव्र पारेका छन्। त्यसतर्फ लक्षित गर्दै सांसद बिडारीले यसले कोरोना फैलाउने टिप्पणी गरेका हुन्। कहिले रत्नपार्कमा, कहिले माइतीघरमा, कहिले बालुवाटारदेखि बालकोटसम्म र्‍याली गर्‍या छ,’ उनले भने, ‘कोरोनाको रोपाइँ यसरी अगाडि बढिरहेको छ।’

सांसद बिडारीले निवर्तमान सरकार पद, आश्वासन र पैसाले चलेको टिप्पणी गरे।

कमेन्ट लोड गर्नुस