सुदूर नेपाललाई विश्वसँग जोड्दै

वनभोज जाँदा ख्याल राख्न सुझाव

फोटोः सीपी साप्कोटा
फोटोः सीपी साप्कोटा
२०७५ कार्तिक २६, ११:४३ कमल सावद

देउसी भैलो खेलेर उठेको रकमले दौतरीहरुसंग मिलेर बनभोज गएका बेला हरेक बर्ष बिभिन्न दुर्घटना भई धेरै बालबालिकाहरुको ज्यान समेत गएका घटनाहरु बढ्न थालेपछि सचेतना अपनाउन आग्रह गरिएको छ। बालबालिका अभिभावक बिना नै वनभोज जाने गर्दछन। उनीहरुलाई भईपरि आउने जोखिमको बारेमा जानकारी समेत हुदैन। त्यसैले अभिभावकले सो बिषयमा सचेत हुन आवश्यक छ। स–साना बालबालिकाहरु वनभोज जाने, ताल तलैया र नदिहरुमा नुहाउने गर्नाले डुबेर ज्यान गएका र सडकमा हिड्दै गर्दा सवारी दुर्घटनामा पर्ने गरेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ।कैलालीका प्रहरी प्रमुख आभुषण तिमेल्सीनाले वनभोज पठाउँदा  अभिभावकले विशेष  ध्यान दिनुपर्ने बताए। कैलालीमा पिकनीक जाने चलन बढेको छ, बालबालिकाहरु  पिकनीक जाँदा बढि जोखीममा हुन्छन, अभिभावक बढि सचेन हुनु पर्छ, उनले  भने।
कैलालीमा वनभोज खान जाने ठाँउहरु भनेर तालको छेउ, नदि किनार र चुरे पहाडको फेदीका साथै भन्ज्याङ रोजिईमा पर्ने गरेका छन। ती सवै ठाउँमा केहि न केहि जोखीम पनि भएकाले सावधानी अपनाउन आग्रह गरिएको हो। देउसी खेलेको रकम सामाजिक कार्यमा खर्च गर्ने परिपाटी रहेपनि पछिल्ला वर्षहरुमा वनभोज जाने चलन बढेको छ। त्यसैले वनभोज गएका बेला दौतरीहरु बिच नै झैझगडा सहित बलात्कारका घटना हुने भएकोले पनि सावधानी अपनाउन आग्रह गरिएको हो। सिविन नेपालका सुदूरपश्चिम प्रदेश कार्यक्रम संयोजक माधव लोहनीले अभिभावक तथा शिक्षकका कमजोरीका कारण धेरै दुर्घटना भएको बताए। उनले वनभोजका समयमा कैलाली–कञ्चनपुरमा भएका दुर्घटनामा अभिभावक र शिक्षकको बढि कमजोरी रहेको बताए। 
वनभोज जादा सवारीको प्रयोग गर्ने र सवारी दुर्घटनामा पर्ने, नदीमा डुब्ने, बलात्कारका घटना हुनसक्ने, झैझगडा हुने र अन्य जोखीमको समेत खतरा रहेकाले प्रहरीले अभिभावहरुलाई जिम्मेवार बन्न अग्रह गरेको छ। देउसी–भैलोपछि, कैलालीका गोदावरी, चिसापानी, खानीडाडा, घोडाघोडी ताल, टिकापुर पार्क, जाखौर ताल, चुरे फेदीका विभिन्न ठाँउहरु सहित कञ्चनपुरको दोधारा चादनी र बेतकोट तालमा लगायतका पर्यटकीय स्थानमा वनभोज जाने क्रम सुरु भएको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस