सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य, एक किलोमिटर पनि पूरा भएन

२०७८ साउन ७, ०६:२५ कमल सावद

धनगढी:गोदावरी नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा प्रत्येक वडामा सडक कालोपत्रे योजनाका लागि एक करोडका दरले १२ करोड रकम विनियोजन गर्यो।

एक आर्थिक वर्षमा झण्डै १२ किलोमिटर सडक कालोपत्रेको योजना नगरपालिकाको थियो। तर गत आर्थिक वर्षमा सडक कालोपत्रेको लक्ष्य भेटाउन नगरपालिका असफल भएको छ।

गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरका अनुसार भण्डै १२ किलोमिटर सडक कालोपत्रेको योजनामा एक किलोमिटर पनि कालोपत्रे भएन्। उनले भने, ‘ठेक्काको तयारीमा थियौ। लकडाउन भयो। लकडाउनका कारण काम गर्न पाएनौ। गत वर्ष एक किलोमिटर सडक पनि कालोपत्रे भएन्।’ नगरपालिकाले कालोपत्रे सडक निर्माणका लागि ठेक्का प्रक्रियामै ढिलाई गरेको हो।

गत आर्थिक वर्षको पुस र माघमा सडक कालोपत्रेका लागि सम्झौता गरिएको थियो। काँग्रेसबाट निर्वाचित वडाहरुमा ढिलोगरी मात्र ठेक्का सम्झौता भएको हो। नगर प्रमुख हरिसिँह साउँद र वडाध्यक्षहरुको आन्तरिक द्धन्द्धका कारण सडक कालोपत्रेको योजना लक्ष्यविहीन भएको हो। १२ करोडको उक्त योजना जनप्रतिनिधिको राजनीतिक द्धन्द्धले असफल भएको हो। गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाहीले नगर सभामा बिरोध गरेपछि मात्र अन्य वडामा सडक कालोपत्रेका लागि ठेक्का गरिएको बताए। उनले भने, ’सुरुमा काँग्रेसले जितेका वडाहरुमा सडक निर्माणको ठेक्का भएन्। पछि बिरोध गरेपछि मात्र ठेक्का भएको हो।’

गत र्आिर्थक वर्षमा लक्ष्य पूरा गर्न असफल भएको नगरपालिकाले सडक निर्माणको समय अवधि भने थपेको छ। एक वडामा ९ सयदेखि ११ सय मिटरसम्म सडक कालोपत्रेका लागि भएको सम्झौतोको समय आगामी मँसिर १५ गतेसम्म थप गरिएको नगरपालिकाका इन्जिनियर कुँवरले बताए। आर्थिक वर्ष २०७६÷०७७ को सडक योजनाको काम गत आर्थिक वर्षमा पूरा भएको र गत आर्थिक वर्ष २०७७÷०७८ को काम चालू आर्थिक वर्ष २०७८÷०७९ मा पूरा हुने उनले बताए।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस