सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हामीले धारण गर्ने कुरा नै धर्म हो’

२०७८ साउन ६, १२:०३ खबर संवाददाता

धनगढी: बैतडीका आचार्य सत्यराज अवस्थीसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौ।   
धर्म कर्म गरेर जीवन जीउनुपर्छ भन्ने सोच कसरी निर्माण हुन पुग्यो ?
म सानै थिएँ। ९ कक्षामा पढ्थे। बाल्यकाल पहाडमा नै बिताए। त्यो समयमा थोरै उट्पट्याङ पनि थिए। त्यसैले गाउँमा सफल हुन गाह्रो नै भयो। सानैदेखि फटाहा भयो भने व्यक्ति त्याज्य नै हुन्छ।  त्यसपछि मनमा आयो यो ठाँउमा बसेपछि त के होला ? न संगत राम्रो छ न समाज नै त्यति अगाडि छ। यहाँबाट कतै अरु ठाउँ गएर केही हुन्छ कि भन्ने लाग्यो। यो बिचार कहाँबाट आयो त्यो त मलाई आफैलाई पनि थाहा हुने भएन।

म घरबाट कसैको पनि सहारा नलिई हरिद्वार गएँ। त्यहाँ २/३ वर्ष बसे। आश्रमहरुमा पढ्यांै। आश्रमहरुमा पनि खासै पढाई भएन। त्यहाँ पढाईको अलावा पनि अरु केही बढी नै कार्यहरू गर्नुपर्छ। हरिद्वारमा पनि पढाईको माहोल न भेटाएपछि विन्द्रावन गयौं।  

त्यहाँ केन्द्रिय विश्वविद्यालय सम्पूर्णानन्दबाट संचालित विद्यालयमा भर्ना लियौँ। त्यसपछि आश्रम भन्दापनि आफैले संघर्ष गरेर कमाएर कोठा भाडामा लिएर करिब ६ वर्ष जति बस्यौं। विन्द्रावनमा अझैपनि अन्न फल्ने क्षेत्र धेरै नै कम छन्। हामीले मागेर कमन्डला लिने चलन हुन्थ्यो कतै मन्दिरमा बसेर हुन्छ कि खाने गुजारा चलाउनु पथ्र्यो। 

यसरी केही वर्ष संघर्ष गरेपछि मैले त्यहिको स्कुलमा पढाउन पनि थाले र पछि आचार्य पनि त्यहीँबाट गरेको हुँ। पछि हरिद्वारमा पनि १ वर्ष जति अध्यापन गराए। नेपाल फर्किनुपर्छ भन्ने सोच त्यो समयमा आयो र मैले त्यो तयारी गरे। 

त्यहाँका गुरुजीहरुले भारत न छोड, यहाँ आय स्थिती राम्रो छ, काम गर्ने वातावरण हुन्छ भनेर सुझाव दिन थाले। मैले यहाँ म अनुभव बटुल्न सिक्न आएको हँु। मैले आफ्नौ ठाउँ फर्कनुपर्छ। त्यहाँ परिवर्तन गर्न मैले जानेको बुझेको ज्ञान पुर्याउनुपर्छ भनेर म नेपाल फर्के। अहिले २ वर्ष जति भयो यहाँ आएको। मैले विभिन्न कार्यक्रमार्फत आफुले सिकेको ज्ञान एउटाको ज्ञान मात्रै होइन भन्ने बोध भएर गरिरहेको छु।

धर्मको विषयमा फरक–फरक व्यक्ति अनुसारको बुझाई बन्दै गए। तपाईको अनुसार धर्ममाथिको बुझाई कस्तो हुनुपर्छ ?
धर्म जुनसुकै हुन्। धर्मको वास्तविक अर्थ के हो भने धैर्यले जुन हामीले धारण गर्छौ त्यो नै धर्म हो। अहिले धर्म अलग–अलग भइरहेका छन्। धर्म यो नै हो अर्थात् त्यो नै हो भनेर भन्न सकिँदैन तर धर्मको अर्थ परम सत्यनै हो। फेरि पछिल्लो समय भने हामीले धर्मलाई फुटायौ। कतै छुवाछूतको भेदभाव गरेर फुटाउने प्रयत्न गरेर गरिरहेका छौं। जुन हाम्रो वर्ण शास्त्र हो त्यो हामीले बुझेका छैनौं। हामी सनातनले पनि धर्मको सहि व्याख्या गर्न सकिरहेका छैनौं। संस्कृत जान्ने हामीले नै धर्म व्याख्या गलत गरेर थोरै धर्म बित्तल्लित भइरहेको छ।

(पुरै अन्तरवार्ता दिनेश खबरमा गएर हेर्न सक्नुहुनेछ।)


 

कमेन्ट लोड गर्नुस