सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले बेहोर्ने

२०७८ साउन ५, ०९:२५ रासस

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताएका छन्। 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुग्नुभएका प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री खनालसँग टेलिफोन वार्ताका क्रममा सो कुरा बताएका हुन्। अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न आज साँझ प्रधानमन्त्री देउवा खुमलटार आएका अध्यक्ष दाहालका प्रेसविज्ञ विष्णु सापकोटाले जानकारी दिए। 

“अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यका बारेमा चासो राख्दै फोन लगाउनुभएको थियो। सोही क्रममा प्रधानमन्त्री पनि यही हुनुहुन्छ भनेर अध्यक्षले भन्नुभयो। अध्यक्षको फोनबाटै प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारले बेहोर्ने बताउनुभयो”, सापकोटाले  जानकारी दिए।  स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री खनाल भारतमा उपचारत छन्। 

कमेन्ट लोड गर्नुस