सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमिललाई तीन स्वर्ण

२०७८ साउन ५, ०६:२१ रासस

काठमाडौँः नेपालको एमिल तेक्वान्दो डोजाङका खेलाडीले तेस्रोे एमके क्लासिक खुला अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण जितेका छन्। त्यसका अलावा एमिलका खेलाडीले समान एक–एक रजत र कांस्य पनि जिते।

पुरुष यु–१० मा एड्रिम राई र यु–९ मा कर्मा तामाङ तथा महिला यु–७ मा विशेषता रन्जितले स्वर्ण चुमे। पुरुष यु–९ मा आराध्यादेव अछामीले रजत तथा यु–१३ ब्ल्याकबेल्टमा स्वरुप बायुङ राईले रजतपदक हात पारेको एमिलका प्रमुख प्रशिक्षक विश्व राईले जानकारी दिए। 

प्रतियोगितामा राईले निर्णायकको भूमिकासमेत निर्वाह गरेका थिए। प्रतियोगितामा एमिलबाट पाँच खेलाडी सहभागी भएकामा पाँचै जनाले पदक हात पार्न सफल भएका हुन्। प्रतियोगिता भारतमा जुलाई १६ देखि १८ तारिखसम्म भएको थियो।
 

कमेन्ट लोड गर्नुस