सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बालिका करणीको आरोपमा बृद्ध पक्राउ

२०७५ कार्तिक २५, ११:३१ कमल सावद

बालिका करणी गरेको आरोपमा ६८ बर्षिय बृद्ध पक्राउ परेका छन्। उदयपुर गाँईघाट ४ स्थायी घर भएका स्पन्दन राईले धनगढी उप–महानगरपालिका ४ कि ५ बर्षिया बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरिएको हो। धनगढी उप–महानगरपालिका ४ मा आफन्तको घरमा २२–२३ दिनदेखि बस्दै आएका राईले शनिबार घरमा कोही नभएको समयमा बालिकालाई करणी गरेको आरोप लागेको छ। उनले ५ बर्षिया बालिकालाई आफु बस्ने घरमा ल्याएका थिए। राईले बलिकाको सुरवाल च्यातेको आमाले देखेर सोधेपछि बालिकाले आमालाई बाजेले करणी गरेको भनेको प्रहरीले जनाएको छ। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस