सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा यसरी फल्यो मेलको बोटमा नास्पाती

२०७८ साउन ५, ०३:२२

धनगढी : डोटीको सानागाउँमा कलमी बनाइएका मेलका बोटमा नास्पाती फल्न थालेको छ। १० वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मेलका बोटमा कलमी गरेर नास्पाती बनाएकोमा नास्पाती फल्न लागेको हो।

मेलका बोटमा लटरम्म नास्पाती फल्न थालेपछि गाउँमै बिक्री हुन थालेको कृषक मंगली खड्काले बताइन्। मेलका बोटमा नास्पाती फलेपछि बेचेर घरखर्च चल्न थालेको उनले बताइन्। मेलका बोटले हैरान भएका सानागाउँका कृषकहरु अहिले नास्पाती फल्न थालेपछि हर्षित भएको पूर्वीचौकी गाउँपालिकाका कृषि सेवा केन्द्र प्रमुख उदयराम साउँदले बताए। 

कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले मेलका बोटमा नास्पाती फल्न थालेपछि कृषकको आयआर्जनमा वृद्धि हुने विश्वास गरे।

‘तत्कालीन जिल्ला कृषि विकास कार्यालयको प्रमुख रहँदा १० वर्ष अगाडि मेलका बोटमा नास्पाती कलमी गरेको थिएँ। अहिले नास्पती फल्न थालेको छ,’ उनले भने। आफै उम्रिएका मेलका बोटलाई कलमी बनाउँदा यसबाट फल्ने फलस शुद्ध अर्गानिक भएकाले विश्व बजारमै राम्रो बजार पाउन सक्ने उनले बताए। 

कमेन्ट लोड गर्नुस