सुदूर नेपाललाई विश्वसँग जोड्दै

अक्षय कोष स्थापनाका लागि सहयोग

२०७८ साउन ५, ०१:५७ खबर संवाददाता

धनगढीः नेपाल पत्रकार महासंघ डोटीका सह–सचिव चक्र मल्लले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गरेका छन्।

नेपाल प्रेस युनियन डोटी साखाका कोषाध्यक्ष समेत रहेका मल्लले ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि ११ हजार पाँच सय सहयोग गर्ने घोषणा गरेका हुन्।

नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व. तेजबहादुर खड्का ‘तेजु’ को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको छ। कोषका लागि विभिन्न पत्रकार, सामाजिक क्षेत्रमा ब्यक्ती र राजनीतिज्ञहरुले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन्।

हाल सम्म कोष स्थापनाका लागि तीन लाख रकम घोषणा भएको शाखाका सचिव पवन महराले बताए। 
 

कमेन्ट लोड गर्नुस