सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा टेलिफोन सेवा अवरूद्ध

फाइल फोटो
फाइल फोटो
२०७८ साउन ५, १२:०६ खबर संवाददाता

धनगढी: बझाङमा टेलिफोन सेवा अवरूद्ध भएको छ। केही दिनदेखि परेको लगातारको वर्षाका कारण टेलिफोन टावरहरूमा राखिएका सोलारमा चार्ज नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ।

जिल्लाको खप्तड छान्ना, बित्थडचिर गाउँपालिकालगायत बुङंगल नगरपालिका, सुर्मा, मष्टा, तल्कोट, साइपाल, दुर्गाथली र छबीस पाथिभेरा गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको जनाइएको हो। सोलार प्यानलबाट टावरमा चार्ज नहुँदा लगातारको वर्षा र बादल लागेको दिन नेटवर्क अवरुद्ध भइरहने नेपाल टेलिकम शाखा बझाङले जनाएको छ। 

कमेन्ट लोड गर्नुस