सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एक वर्षमा ३ हजार बढीलाई नागरिकता

२०७८ साउन ५, ११:११ खबर संवाददाता

धनगढी: दार्चुलामा एक वर्षको अवधिमा ३ हजार बढीलाई नागरिकता वितरण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले २ हजार १५५ पुरुष र १ हजार ४५९ जना महिला गरी ३ हजार ६१४ जनालाई वंशजका आधारमा नागरिकता वितरण गरिएको हो। प्रशासनका अनुसार वैवाहिक अंगिकृत नागरिकता १६ जनाले लिएका छन् भने ४ महिला र १४ जना पुरुष गरी १८ जना नाबालक प्रमाणपत्र सिफारिस गरिएको छ।

त्यस्तै १ हजार ७२४ जनाको नागरिकताको प्रतिलिपि प्रशासनबाट जारी भएको बताइएको छ। कार्यालयबाट गत आर्थिक वर्ष २०७७÷०७८को साउनदेखि असार मसान्तसम्म सो संख्यामा नागरिकता वितरण गरिएको हो।  
 

कमेन्ट लोड गर्नुस