सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयरल्यान्डसँगको पहिलो टी–ट्वान्टीमा दक्षिण अफ्रिका ३३ रनले विजयी

फाइल फोटो
फाइल फोटो
२०७८ साउन ५, ०६:२४ खबर संवाददाता

काठमाण्डौ – घरेलु टोली आयरल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका ३३ रनले विजयी भएको छ।

दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन मात्र बनाउन सक्यो। आयरल्यान्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। 

बेरी म्याककार्थी ३० तथा जोस लिटल १५ रनमा अविजित रहे। कप्तान एन्डी बलब्रिनेले २२ रन बनाए। दक्षिण अफ्रिकाका ताब्रेज सामीले ४ विकेट लिए। 

लुंगी एनजीडी र जर्ज लिन्डेले २÷२ विकेट लिए। डुब्लिनमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि एडिन माक्रमले सर्वाधिक ३९ रन जोडे।

डेभिड मिलरले २८, रस्सी भान डेरले २५ तथा क्विन्टन डी ककले २० रन बनाए। आयरल्यान्डका मार्क एडिअरले ३ तथा सिमि सिंह र जोस लिटलले २/२ विकेट लिए।

जितसँगै तीन खेलको टी–ट्वेन्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ। यसअघि भएको तीन खेलको एक दिवसीय श्रृङ्खला भने १–१ को बराबरीमा सकिएको थियो।
 

कमेन्ट लोड गर्नुस