सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो एक दिवसीय क्रिकेटमा भारतद्वारा श्रीलङ्का ७ विकेटले पराजित

। फोटो स्रोत ।
२०७८ साउन ४, ०७:११ खबर संवाददाता

काठमाण्डौ – शिखर धवनको कप्तानीमा रहेको भारतले पहिलो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई सात विकेटले हराएको छ। जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ।

कोलम्बोमा गएराति श्रीलङ्काले दिएको २ सय ६३ रनको लक्ष्य भारतले ८० बल बाँकी छँदै भेट्टायो। भारतका लागि कप्तान धवन र इशान किसनले अर्धशतकीय पारी खेले। 

धवनले ८६ र किसनले ५९ रनको योगदान गरे। यस्तै, पृथ्वी शले ४३, सूर्यकुमार यादवले ३१ र मनिष पाण्डेयले २६ जोडे। श्रीलङ्काका धनञ्जय सिल्भाले २ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो। 

श्रीलङ्काका लागि चामिका करुनारत्नेले ४३, कप्तान डसुन शनकाले ३९, चारिथ आश्लन्काले ३८, मिनोद भानुकाले २७ र भानुका राजपाक्षेले २४ रन बनाए। भारतका दिपक चाहर, युजभेन्द्र चाहल र कुलदीप यादवले २÷२ विकेट लिए।
 

कमेन्ट लोड गर्नुस