सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रशिक्षक इन्द्रकुमारीलाई कोरोना भएपछि सन्तोष टोकियो जाने

२०७८ साउन ३, ०६:२७ रासस

काठमाडौँ: जापानमा आयोजना हुने ३२औँ ग्रिष्मकालीन ओलम्पिकमा सहभागिता जनाउने एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सन्तोष श्रेष्ठ टोकियो जाने पक्का भएको छ ।

जापान प्रस्थान गर्नुअघि गरिएको कोराना परीक्षणमा प्रशिक्षक मल्ललाई कोरोना पोजेटिभ देखिएको हो । उहाँ ओलम्पिक खेल्ने एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रशिक्षक हुनुहुन्थ्यो । नेपालका तर्फबाट एथलेटिक्समा प्रशिक्षकका रुपमा मल्ल सहभागी हुने निर्णय भएअनुसार उहाँको सहभागिताका लागि आवश्यक तयारीको सिलसिलामा कोभिड–१९ को पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । 

टोकियो ओलम्पिक २०२० को आयोजक कमिटीको कोभिडसम्बन्धी नियमानुसार कोरोना पुष्टि भइसकेपछि सहभागी गराउन नमिल्ने भएकाले उहाँको स्थानमा पहिलेको सूचीमा एक्रिडेशन कार्ड भइसकेका प्रशिक्षक श्रेष्ठ जाने नेपाल ओलम्पिक कमिटिले जनाएको छ।

एथलेटिक्स टोली यही जुलाई २५ तारिखमा टोकियो जाने तालिका छ । चौधरीले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने बताइएको छ। ओलम्पिक यही जुलाई २३ देखि अगस्त ८ तारिखसम्म हुनेछ। 
 

कमेन्ट लोड गर्नुस