सुदूर नेपाललाई विश्वसँग जोड्दै

महंगो तिहार

२०७५ कार्तिक २२, १०:३८ कमल सावद

हिन्दुहरुको दोश्रो ठुलो चाड तिहार अाँगनमै आएको छ। तिहारका लागि आवश्यक पर्ने सामान किन्नेहरुको घुईचो छ। सुदूरपश्चिमको व्यापारीक शहर धनगढीका पसलहरुले तिहारमा महंगोमा सामान बिक्री गरिरहेको सर्वसाधारण बताउँछन। धनगढीका पसलहरुमा तिहारका लागि आवश्यक पर्ने बक्ति, माला, तेल, चिनी, मिठाई, लुगाकपडाहरु महंगो हुने भएकाले सिमावर्ती भारतका बजारबाट किनमेल गरेका छन्। 
भारतको पुणेमा २३ बर्षदेखि बसोबास गर्दै आएका धनगढी तारानगरका दीपक जोशीलाई नेपालमा सामानको मुल्य बढी लाग्यो। धनगढीको पार्क मोडमा तिहारका लागि आवस्यक सामान खरिद गर्दा भेटिएका जोशीले धनगढीमा सामानको मुल्य धेरै रहेको बताए। उनले भने, भारतको भन्दा धनगढीमा सामानको मुल्य बढि लाग्यो। नेपालको उत्पादन नभएर पनि हुन सक्छ, भन्सारमा कर तिर्नु पर्ने भएकाले महँगो हो कि? उनको प्रश्न छ।
तिहारमा आवश्यक पर्ने चिनी ८० रुपैया भन्दा बढिमा धनगढीमा बिक्रि भईरहेको छ। यस्तै तिहारमा दिदिबहीनीका लागि दिईने उपाहारको मुल्य समेत बढि रहेको सर्बसाधरकणको भनाई छ। धनगढीका पशुपति कुवरले तिहारका लागि आवश्यक सामान जे किनेपनि अघिल्ला बर्षको तुलनामा बढि मुल्य रहेको बताईन। 
तिहारका लागि आवश्यक समानहरुको मुल्य वृद्धि भएपछि उपभोक्ताहरु महँगोमा सामान किन्न बाध्य भएका छन्। सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीका पसलहरुमा तिहारका लागि आवश्यक पर्ने सामानको मुल्य अत्याधिक भएपछि धनगढी गाँउका मानसिँह रानाले भारतको बनगाँउ गएर सामान खरिद गरे। उनले भारतको सिमावर्ती बजार बनगाँउबाट चिनि, माला, झिल्मिले बक्ति लगायतका तिहारका लागि आवश्यक पर्ने सामान ल्याए। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस