सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

२०७८ साउन ३, ०४:०४ खबर संवाददाता

धनगढी:  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्। रावल निकट एकिन्द्र कुँवरले प्रतिनिधिसभा सदस्यबाट रावलले राजीनामा दिएको पुष्टि गरे। 

माधव नेपाल पक्षबाट पार्टी मिलाउन गठित कार्यदलका संयोजकसमेत रहेका उपाध्यक्ष रावलले राजीनामा दिएको घोषणा गरेका हुन्। माधव नेपाल पक्षका कतिपय सांसदले देउवालाई विश्वासको मत दिने बताएका बेला राव भने संस्थागत निर्णय गरेर जानुपर्ने पक्षमा थिए। 

 प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रतिनिधिसभामा विश्वासको मत लिने तयारीमा रहेको बेला रावलले राजीनामा दिएको घोषणा गरेका हुन्। उनी अछाम जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए।

कमेन्ट लोड गर्नुस