सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा कोरोना नियन्त्रणका लागि स्वयमसेवक अनुसन्धानकर्ता परिचालन गरिने

२०७८ साउन ३, ११:२७ खबर संवाददाता

धनगढी: अछाममा कोरोना नियन्त्रणका लागि स्वयमसेवक अनुसन्धानकर्ता परिचालन गरिने भएको छ।

मंगलसेन नगरपालिकाले १४ वडामा १३५ जना स्वयमसेवक अनुसन्धानकर्ता परिचालन गर्ने भएको हो। सबै वडामा साउन २ देखी १० गतेसम्म टोल समिती गठन गरी १ सय ३५ जना परिचालन गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ। स्वयमसेवकका रुपमा महिला स्वास्थ्य स्वयम सेविका, संक्रमण नियन्त्रणमा अग्रपंक्तिमा रहेका समाजसेवी, स्वाथ्यकर्मी खटाइने बताइएको छ।

उनीहरुलाई सुआहाराको सहयोग तथा नगरपालिकाको स्वास्थ्य शाखामार्फत परिचालन गर्न लागिएको छ। उनीहरुले जोखिममा रहेका वस्ती तथा घरमै पुगेर कोरोना रोकथाम, बच्ने उपाय, परीक्षण आदिका लागि पालिकाको स्वास्थ्य शाखामार्फत स्वास्थ कार्यालयलाई रिपोटिङ्ग गर्ने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस