सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘आइजीपी बनाइदिन्छु भन्दै सुदूरपश्चिममा नाम चलेकै माओवादी नेताले १० करोड माग्यो’

२०७८ साउन २, ०२:३६ खबर संवाददाता

धनगढी: पूर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा. ठाकुर मोहन श्रेष्ठसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम राज जोशीले कुराकानी गरेका छन्। कार्यक्रमा प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।

अहिलेको राजनीतिक परिवेशलाई कसरी हेरिरहनु भएको छ ?
एउटा वाक्यमा भन्ने हो भने। अहिलेको राजनीति राजनीतिक शुन्यताको अवस्थामा छ। मौन रहने सबै भए। राज्यका तीन खम्बा हुन्छ। राज्य हुनलाई ती सबै हुनुपर्छ। पहिलो नागरिकता जसमा विवाद छ। अर्को, जमिन चाहिन्छ राज्य हुनलाई जमिनमा पनि विवाद र घात प्रतिघात छ र तेस्रो चाहिँ कानुन हो संविधान हो जुन असफल छ। राजनीति नाम मात्रै हो। राजनीतिक मुल्य मान्यता, सिद्धान्त कुनैपनि पात्र प्रवृत्ति र दल अनि नेतृत्व गण भनिएकाहरुमा देखा परेनन्। 

यहाँ हुनु नहुनु सबै भए यतिसम्म भयो कि जसले सन्तुष्ट रहन नसकिने भयो। जुन हामीले केही पढ्यौ केही बुझ्यौ र केही अनुभुती पनि लियौँ। जीवन चक्रमा जन्मिसकेपछि जन्म थलो सुदूरपश्चिममा जन्मिए र केन्द्र(राजधानीमा)मा बसिरहेका छौँ। केही विशिष्ट श्रेणीमा पुगेर अनुभव पनि गर्यौं। अवकाशपछिको जीवनमा केही ठाउँमा पढाएर बस्यौं। सडकमा आएर बिचार पनि प्रस्तुत गरिरहेका छौँ। यसरी विभिन्न संचार माध्यमबाट कुराकानी पनि भइरहेका छन्। यत्रो सम्भावनाको खानी भएको देशमा जे जति हुनुपथ्र्यो र गरिनु पथ्र्याे भएको छैन। सबैको नीति राजनीतिमा समस्या भएकोले यो स्थिति आएको हो।

तपाईको नागरिक अभियानको विषयमा कुरा गरौं। के हो यो ? राजनीति गर्ने उद्देश हो या त्यत्तिकै जागरुकता ल्याएर पन्छिनुहुन्छ ?
नामबाट नै प्रष्ट गरेका छौ। यो जागरुकता ल्याउने अभियान हो। यो देशमा मुल्यहिन राजनीति भयो। दलहरू आफ्नो ठाउँमा बसिदिएनन्। पत्र र प्रवृत्तिबाट पटक–पटक राष्ट्रघात भए। जल, थल र आकाशमा आएर यिनीहरुले गर्नु नगर्नु गरे। २००७ सालपछि मात्रै पनि ४० चोटी भन्दा बढी प्रधानमन्त्रीहरु बने।

हाम्रो सुदूरपश्चिमबाट ६ चोटी भन्दा बढी प्रधानमन्त्री भएका छन्। यो अभियान किन गर्नु पर्‍यो भन्दा त देशको राजनीति मासिएर गयो। हाम्रो नेपालीको आफ्नो सनातन पहिचान मासिएर गए।  हाम्रो स्रोत साधनहरु कौढीको भाउमा बेचिए। सम्भावनाहरुमा ताला लगाएर खिया लाग्नसम्म राखिए। उर्जाशिल हिरा जडित सुनको थालमा सिक्की पैसा माग्ने र राजनीतिको नाममा धोका नीति भयो। 

त्यसैले अब जागरण गराऊ। यो देशमा समस्या मात्रै होइन सम्भावना पनि उत्तिकै छन्। त्यसलाई प्रयोग गरेर यो देश बचाउ र बनाउ भन्नको लागि नेपाल नागरिक अभियान हो। हाम्रो यहाँको नागरिकलाई यहाँको दल र नेताहरूले कहिल्यै पनि नागरिक हुन दिएनन्। त्यसैले नागरिक नाम राखेर अब जनताबाट नागरिक बनाएर अगाडि बढाउने भनेर यो अभियान आएको हो।

मुल सफा नगरी समस्या समाधान हुँदैन। एउटा पिता ज्यू असल भए बच्चा असल हुन्छ। तहगत नेता असल भयो भने देशका भविष्यहरु असल बन्छन् भन्ने धारणा अनुसार नेपाल नागरिक अभियानमा लागेर म अवकाश प्राप्त गरेको ७२ घन्टा भित्रमा सडकमा आएको थिए। र, राष्ट्रिय हितका सवालमा अवाज उठाएको थिए। 

यो देशको राजनीतिक कुरा गर्ने हो भने पनि दलको नाम मात्रै रह्यो। फ्युजनहरु कम्युनिस्ट र प्रजातान्त्रिक समूह मिले। चितवनको घटना सबैलाई थाहा छँदै छ। त्यो फ्युजनले कन्फ्युजन ल्याएर आयो। कम्युनिस्ट र एमाले मिलेपछि त कुन लिङ्गको राजनीति हो प्रष्ट नै भएन। त्यो भएर गयो भने त अहिले ज्यादै कन्फ्युजन भएर ब्ल्याक होलमा लैजान खोजिदैछ देशलाई। 

राजनीतिक शुन्यको अवस्था छ। हजारौं कारण छन्। हुनु नहुनु सबै भएको, संविधान असफल भएको, संसद निष्क्रिय भएको र शासन व्यवस्था निष्क्रिय भएर गएको बेलामा अब के गर्ने त भन्दा सबैभन्दा बैकल्पिक शक्ति नागरिक भएकोले नागरिकलाई सचेत गराएर जाउ अनि  राजनीतिक पाटो सम्हालेर मुल सफा गरेर मात्रै नेपाल बच्ने र नेपालको विकास हुने देखेको हुनाले नागरिक अभियानको रुपमा आएका हौं। लक्षको कुरा गर्दा सहर गाउँमा पुगिसकेपछि नागरिकको साथ पायौं भने एउटा राष्ट्रिय भेला आयोजना गरेर लक्ष्य भने राजनीतिक नै हुनेछ। नगरिकलाई जागरण ल्याएर नेपालवाद स्थापित गर्ने र संवैधानिक राजसंस्था सहितको व्यवस्था पुनः स्थापना गर्ने।

आम नागरिकसम्म तपाईको अभियान कहिलेसम्म पुग्छ ? के छन् तपाईका अगामी योजना ?
हामीले राजनीतिक उद्देश्यलाई संकेत गरिसक्यौं। अहिले देशको अवस्थाको लागि संघीयता खारेजीको माग, राजसंस्थाको पुनःस्थापना र हिन्दु राज्यको स्थापना यी तीन खम्बामा टेकेर हामी घर दैलोमा पुगिरहेका छौ। आजसम्म २३ जिल्लामा समितिहरु गठन र्भसकेका छन् केन्द्रमा चाहिँ केन्द्रीय समिति गठन भएर १७ वटा विभाग गठन भएको छ।

केन्द्रको नेतृत्व मैले गरेको छु भने ७ वटा क्षेत्रमा हाम्रो समिति छन्। ७ कुन अर्थमा भने ५ वटा पूर्व विकास क्षेत्रको आधारमा, हेड्क्वाटरलाई हेर्न एउटा र उपत्यका हेर्नको लागि एक गरेर समिति बनेका छन्। ४२ जिल्लामा हामी पुगिसकेका छौ। पहिलाका ५ विकास क्षेत्र अध्ययन अनुसन्धान भएर बनाइका थिए। अहिलेको जस्तो हावातालमा निर्माण भएका थिएनन्। छिटो भन्दा छिटो ७५ वटा जिल्लामा नै हाम्रो समिति बनाउछौ। पुरानै संरचना अनुसार हाम्रो समितिहरु रहन्छन्।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक हुनुभयो। त्यो बेला समय समयमा तपाईमाथि अन्याय हुँदै गएर चेपुवामा पर्नु भएको थियो रे । बिद्रोह गर्ने त्यही समयमा सोच्नुभएन र ? के हो वास्तविकता ?
मुख्य कुरा के हो भन्दा मान्छेको धर्यता हुन्छ। यिनिहरुले सुधार गर्छन् कि भनेर पर्खे। म सशस्त्र प्रहरीको महानिरीक्षक(आइजीपी)को पदका लागि एक्लो उमेदवार थिए। मेरो प्रतिस्पर्धामा मान्छे नै थिएन तर तीन महिना सलाम हान्ने तालिम गरेको मान्छेलाई त्यतिखेर डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले आइजीपी बनायो।

ती व्यक्तिको बिरोध त म किन गरु तर भएको यहीँ थियो। त्यतिखेर मैले यो कुरा कुन नेतालाई भनिन् रावल ज्यू(भिम रावल), भट्ट ज्यू(लेखराज भट्ट) सबैलाई यस्तो हुँदै छ है भनेर भने। अझ झन त्यतिखेर लेखराज भट्ट ज्यू माओवादीबाट मन्त्री नै हुनुहुन्थ्यो। उहाँ अहिले पनि जीउँदै हुनुहुन्छ। तत्कालीन माओवादीका सुदूरपश्चिमका नाम चलेकै युवा नेताले मसँग १० करोड रुपैँया माग्यो। मैले एक रुपैयाँ दिइन। तर त्यो जानकारी मैले लेखराज भट्ट ज्यूलाई दिएको छु त्यो कुरा के भयो ? पछि सेनाको ‘टु स्टार जर्नेल’ले पनि मान्छे पठायो मकहाँ पछी। सोल्टी होटलमा मैले त्यसलाई समाते पनि। 

यो देशमा ४७ साल पछिको एक उदाहरण पात्र मात्रै हुँ। हिमाल पहाड तराईका योग्य व्यक्ति अगाडि आउन पाइरहेका छैनन्। अहिल्यै पनि देश लुटेको आरोप त सुदूरपश्चिमका नेताहरुलाई पनि लागिरहेको छ। 

७ पटक सुदूरपश्चिमकै मान्छेहरु प्रधानमन्त्री भएर पनि सुदूरपश्चिमका लागि के गरे खोइ ३ वटा कुरा मात्रै पनि याद गर्न सकिने छन् र ? गरेका छन् भने भनी दिउन छातिमा हात राखेर यो यो गर्यौं भनेर।  शेरबहादुर देउवा अनि भिम रावलहरुलाई त महाकाली बेचेको आरोप त छ।

पश्चिम सेतीको सपना बाढीयो। यदि त्यति मात्रै पनि गरिदिएको भए कायापलट हुन्थ्यो सुदूरपश्चिममा। एउटै जलविद्युतको विकासले पनि देशको कायापलट कसरी हुन्छ ज्वलन्त उदाहरण भुटान छ।

कमेन्ट लोड गर्नुस