सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा सर्पले टोक्दा एक किशोर घाइते

फाइल फोटो
फाइल फोटो
२०७८ साउन २, १०:५८ खबर संवाददाता

धनगढी: डोटीमा सर्पले टोक्दा एक किशोर घाइते भएका छन्। जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर ७ बस्ने १९ वर्षीय टेक विष्ट सर्पको टोकाईबाट घाइते भएका हुन्।

शनिवार बिहान खेतमा काम गर्न जाँदा नाम नखुलेको सर्पले बिष्टको बाँया खुट्टामा टोकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

उनको सुजङ अस्पतालमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस