सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा सवारी दुर्घटना हुँदा एक जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७८ साउन २, १०:०६ खबर संवाददाता

धनगढी : डोटीमा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन्। जिल्लाको शिखर नगरपालिका वडा नम्बर ८ मा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका हुन्।

दीपायलबाट धनगढी आइरहेको ट्रक र विपरित दिशाबाट आउदै गरेको जीप एकआपसमा ठोक्किदा जीपमा सवार डोटी शिखर नगरपालिका वडा नम्बर ८ का प्रकाश रावल घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

तनहुको मङताङ गाउँपालिका वडा नम्बर १ बस्ने ४८ वर्षीय अमृत बिकले चलाएको ग १ ख ५३८८ नम्बरको ट्रक र डोटी शिर नगरपालिका वडा नम्बर १० का ३५ वर्षीय मिथुन बोहराले चलाएको से १ ज ९३७ नम्बरको जीप एक–आपसमा ठोक्किएका हुन्।

घाइतेको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस