सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र भारतले एशियन भलिबल च्याम्पियनसिप खेल्न नपाउने

२०७८ साउन १, ०६:२४ खबर संवाददाता

काठमाडौं: कोभिड १९ बाट अति प्रभावित रहेको भन्दै फिलिपिन्स सरकारले नेपाल र भारतको भलिबल टिमलाई २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नदिने भएको छ। फिलिपिन्समा १३ भदौदेखि एक सातासम्म यो प्रतियोगिता सञ्चालन हुनेछ। 

यससँगै भलिबलमा अब्बल मानिएका राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न पाउने अधिकारबाट नेपाली खेलाडीहरु बन्चित भएका छन्। नेपालले यस प्रतियोगिताका लागि लामो तयारी सुरु गरेको थियो । यद्यपी, प्रतियोगितामा सहभागी हुन नपाउने भएपछि अहिले भलिबल संघले बन्द प्रशिक्षण स्थगित गरेको छ। 

कमेन्ट लोड गर्नुस