सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्वाल्लेक ग्रुप कञ्चनपुरको लिम्पीया ह्विस्की बजारमा

२०७८ असार ३१, ०७:१३

धनगढी: ग्वाल्लेक ग्रुप कञ्चनपुरले आफ्नै उत्पादन ह्विस्की बजारमा ल्याएको छ। बिहीबार एक कार्यक्रमको आयोजना गर्दै  ग्वाल्लेक ग्रुपले लिम्पीया ह्विस्की बजारमा ल्याएको हो।

लिम्पीया ह्विस्की ८ वर्ष र केही मात्रामा १२ वर्ष पुरानो ब्रिटिस ह्विस्की स्कौच युक्त पेय पदार्थ हो। ग्वालेक ग्रुपका अध्यक्ष पिताम्बर जोशीले ग्वाल्लेक ग्रुपअन्तरगत ७ कम्पनी रहेका छन। 

जसमा अमृत डिष्टिलरी प्राली र स्नेहा सोप एण्ड केमीकल इन्ड्रस्टिज प्रालि जस्ता उत्पादनमुलक तथा आयात निर्यात व्यापारमुलक र सेवामुलक कम्पनीका रपमा क्रियासिल रहेको छ। 

गत आर्थिक वर्षमा मात्रै १ सय ७० करोडको कारोबार गरिएको छ भने ५७ करोड ट्याक्स तथा ड्युटी तिरेको ग्वाल्लेक ग्रुपका अध्यक्ष पिताम्बर जोशीले बताए। आर्थिक वर्ष २०७८।७९ मा ४ सय ४० करोड रुपैयाको कारोबार गर्ने लक्ष्य लिइएको छ भने, १ सय ५८ करोडको ट्याक्स तथा ड्युटी तिर्ने लक्ष्य राखिएको जोशीले बताए। 

उनका अनुसार उक्त कम्पनिसँग देशभर ५३ वटा डिलर रहेकोमा अगामी आर्थिक वर्षमा एक सय १० वटा डिलर पुर्याउने लक्ष्य राखिएको छ। यस्तै ५ सय ५० कर्मचारी रहेकोमा अगामी आर्थीक वर्षमा स्वरोजगार बनाउने उदेश्यले एक हजार कर्मचारी पुर्याउने लक्ष्य राखिएको जोशीले बताए। 

सुदूरपश्चिमकै भुमी लिम्पीयाको नाम र ऐतिहासिक पहिचानलाई व्यवसायीक रुपमा मात्रै नभएर देश निर्माण तथा नेपालको पहिचानलाई अत्मसाथ गर्ने कम्पनी हो। त्यसैले यस उत्पादनलाई हाम्रो लिम्पीया नाम दिइएको हो, उनले भने।

 

सो ग्रुपलाई अन्तराष्ट्रिय कम्पनिको रुपमा पनि विस्तार गरिने उनले बताए। जसका लागि चीनको जोनसोन ग्वाउनझीमा कार्यालय स्थापना गरिएको छ। चीनमा स्थापना गरिएको ग्वाल्लेक ग्रुपको कार्यालयले बिटुबिको कार्य गर्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस