सुदूर नेपाललाई विश्वसँग जोड्दै

अष्ट्रेलियाली राजदूतले भेटिन् प्रचण्ड, भनिन्, 'नेपालीलाई प्यारो मान्छौ'

२०७८ असार ३१, ०१:३६ खबर संवाददाता

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले भेट गरेकी छन्।

प्रचण्डको निजी सचिवालयका अनुसार उनले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै नेपालका लागि पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरेका थिए। त्यस्तै उनले राजदूत व‍ोल्कको कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरेका थिए।

राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताइन्। उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरिन्।

कमेन्ट लोड गर्नुस