सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम चोरी

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ असार ३१, ११:३१ खबर संवाददाता

बझाङ: बझाङमा सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम चोरी भएको छ।

जिल्लाको बझाङको बुङगल नगरपालिका ९ र ११ को सामाजिक सुरक्षा भत्ता बाफतको रकम रकम चोरी भएको बताइएको छ। दुईवटै वडा कार्यालय सचिवको जिम्मेवारी पाएका वपिन्द्र महतोको कोठाबाट ३९ लाख रकम २९ गते राती चोरी भएको जनाइएको छ। सचिव महतो वडा सदस्य धनवीर बोहराको घरमा भाडामा बस्दै आएकामा त्यहीँबाट उक्त रकम चोरी भएको प्रहरीले जानकारी बताएको छ।

घटनाको प्रवृत्ति हेर्दा चोरी भएको भनिएपनि कोठामा तोडफोड लगायतको कुनै पनि क्रियाकलाप नभएको पाइएको छ। पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीय खडक बोहराले बताए। वडा सचिव महतोसहित घरबेटीलाई सोधपुछका लागि नियन्त्रणमा लिएर प्रहरी अस्थायी पोस्ट पुतलिलेक र इलाका प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले बताए।

“सचिवले कोठा नजिकै वडा कार्यालय भएकाले आफु करिब ९ बजेतिर नेट चलाउन वडा कार्यालय गएको र पैसा दराजमा राखेर ताला लगाएको बताएका छन्। उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बुझ्नमा आएको छ।”

ताला लगाएको दराजबाट पैसा राति सुटुक्क चोरी नभई मिलेमतोमा भएको हुनसक्ने आशंंका स्थानीयहरूको छ भने वडाका जनप्रतिनिधिहरूलाई बुझ्न खोज्दा सम्र्पक हुन सकेको छैन।

कमेन्ट लोड गर्नुस