सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहकारीको मनोमानीः किसानलाई मल दिदैन्न

२०७५ कार्तिक २०, ११:०९

रसायनिक मलको अभाव भईरहेका वेला सहकारी संस्थाहरुको मनोमानी वढ्दै गएको छ । रसायनिक मल विक्री वितरण सिहकारी मार्फत हुने भएकोले वितरणमा विभेद वढेको आरोप किसानहरुले लगाएका छन् । शेयर सदस्यलाई प्राथमिकता दिने वहाना वनाएर वास्तविक किसानलाई नदिने गरेको उनीहरुको गुनासो छ । आफुहरुलाई धम्काएर रसायनिक मल नदिने गरेको किसानहरुले आरोप लगाएका छन् । सहकारीहरुले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट्र टेडिङ कर्पोरेशन मार्फत विक्री वितरणको जिम्मा पाएपनि वास्तविक किसानहरुलाई दिन आनाकानी गरिरहेका छन् । सहकारीका सदस्यहरुलाई प्राथमिकता दिने वहानामा एकै जनालाई धेरै वोरा मल दिएपनि आफुहरुलाई नदिने गरेको किसानहरुले आरोप लगाएका छन् । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको शिव पार्वती सहकारी संस्थाले मल वितरण गर्दा विभेद गरेको किसान राम प्रसाद रानाले आरोप लगाउनुभयो । बजारमा समेत मल नपाई रहेका किसानलाई सहकारीले नदिँदाले किसानहरु मारमा परिरहेका छन् । मलको लागि विभिन्न ठाउँमा धाउँदा पनि मल पाईरहेका छैन्न । आफ्नै वडामा आएको मल पाईला भनेर आशामा वसेर सहकारीले अरुलाई देखाई देखाई वितरण गरेको वास्तविक किसानहरुले आरोप लगाएका छन् । 

खेती लगाउने समय आउँदा समेत मल नपाएपछि किसानहरु सहकारीले गरिरहेको काखापाखाले आक्रोसित भएका छन् । धान काटे देखि गहुँ लगाउने समय सम्म मलको खोजि गर्दा पनि नपाएको वडा नम्वर १० का किसान राम मिलन रानाले गुनासो गर्नुभयो । सहकारीले शेयर सदस्यलाई वढी प्राथमितका दिदा वढी खेतीपाती गर्ने किसानका खेतहरु वाँझै रहेका छन । सहकारीसँग मल माग्दा उल्टै धम्की दिने गरेको किसानहरुको आरोप छ । किसानहरु मल माग्न जादा   शिव पार्वती सहकारी संस्थाका सचिव नवीनराज जोशीले आफ्नो सहकारी भएकाले आफु खुसी बाड््ने बताए ।

 
        
 

कमेन्ट लोड गर्नुस