सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुखुराको भालेलाई अदालतमा पेश गर्न दवाव

फाइल फोटो
फाइल फोटो
२०७८ असार ३०, ०४:४१ खबर संवाददाता

नयाँदिल्ली: भारतको तेलगंगाको लथुनर गाउँमा भएको घटनापछि कुखुरालाई प्रहरीले अदालतमा पेश गर्ने भएको छ।

प्रहरीले भने भाले अपराधी भएपनि पक्राउ गर्ने बारेमा नसोचेको बताइरहेको छ। २२ फरबरीमा दुइटा भाले जुधिरहेका थिए।

सोही क्रममा एउटा आफ्नै भालेको खुट्टामा बाँधिएको चक्कुले मालिकको कम्मरको तल्लो भागमा चोट लागेको थियो। चक्कुको प्रहारबाट घाइते भएका मालिकको उपचारको क्रममा निधन भएको हो। ४५ वर्षीय थानुगुल्ला सतीशले प्राय भालेको खुट्टामा एक विशेष प्रकारको चक्कु बाधिदिएका हुन्थे। त्यसैक्रममा गल्तीले कुखुराको भालेको चक्कु सतिशतिरै तेर्सिएको थियो।

चक्कुले काटेपछि उनको शरीरबाट धेरै रगत बगेको थियो। उनलाई अस्पताल लगिएपनि बाचेनन्।

तेलगंगामा कुखुराको लडाई गर्न प्रतिवन्ध गरिएको छ। निषेध हुदाँहुँदै पनि केही मानिसहरु लुकेर भाले जुधाई गर्दै आएका थिए। अब भालेलाई अदालतमा पेश गर्ने भनिएको छ।

कमेन्ट लोड गर्नुस