सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीले बरन्डामा निस्किएर भने- लाजशरम हराएका मान्छेहरूले सरकार ढाले

२०७८ असार ३०, ०२:०३ खबर संवाददाता

काठमाडौँ: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट बालकोट सरेका छन्। प्रधानमन्त्रीबाट पदमुक्त भएपछि ओली बुधबार निजी निवास बालकोट सरेका हुन्।

ओली बालकोट सर्दा एमालेको युथ फोर्सले स्कर्टिङ गरेको थियो। बालकोटको घरमा ओलीलाई उनको बुवाले स्वागत गरेका थिए। ओलीले बरन्डामा निस्किएर आफ्‍ना कार्यकर्तालाई हात हल्लाएका थिए। आफ्‍नै घरको बरन्डामा निस्किएर ओलीले भने ,'लाजशरम हराएका मान्छेहरूले विपक्षीसँग मिलेर आफ्‍नै सरकार ढाले।' ओलीले विकास प्रेमी सरकार ढालेको बताए। ओलीले यसो भनिरहँदा कार्यकर्ताले माकुने चोर देश छोड् भन्दै नाराबाजी गरेका थिए।

२०७४ फागुनमा प्रधानमन्त्री बनेका ओलीले ४१ महिना बालुवाटारमा बिताए । सर्वोच्च अदालतको आदेशपछि ओली असार २८ मा पदमुक्त भएका हुन् ।
 

कमेन्ट लोड गर्नुस