सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बाढी पहिरोले खानेपानीमा क्षति

२०७८ असार ३०, ११:५७ खबर संवाददाता

धनगढी: दार्चुलामा बाढी र पहिरोले खानेपानीमा क्षति पुर्याएको छ।

डाँडा जामीर पसाड खानेपानी योजनामा बाढी पहिरोले क्षति पुर्याउँदा जिल्लाको नौगाड गाउँपालिका ३ मा खानेपानीको अभाव भएको बताइएको छ। खानेपानी उपभोक्ता समितिका अनुसार खानेपानी योजनाका चार ओटा इन्टेक र एउटा च्याम्बर बाढीले बगाएको हो।

ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनासँगको सहकार्यमा उक्त योजनाको यही असार १२ गते १ करोड ३४ लाख ५३ हजारको लागतमा निर्माण सम्पन्न भएको बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस