बझाङमा सर्वोच्चको फैसलाको स्वागत गर्दै दीप प्रज्वलन
धनगढी: बझाङमा सर्वोच्चको फैसलाको स्वागत गर्दै दीप प्रज्वलन गरिएको छ।
मंगलबार साँझ जिल्लाको खप्तड छान्ना गाउँपालिकामा अध्यक्ष बर्क बहादुर रोकायासहित नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ, नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियु, विवेकशील पार्टीले संयुक्त रुपमा दीप प्रज्वलन गरेको हो।
उनीहरूले प्रतिनिधि सभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै धन्यवाद सर्वोच्च, लोकतन्त्र जिन्दाबाद, प्रतिगमन बाईबाई जस्ता नारा लगाएर र्याली निकालेका थिए।