सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको कैलाश खोलामा बगेर पुरुष बेपत्ता

२०७८ असार २९, ०६:०३ खबर संवाददाता

अछाम: अछामको कैलाश खोलामा बगेर एक पुरुष बेपत्ता भएका छन्। जिल्लाको रामारोशन गाउँपालिकाको कैलाश खोलामा बगेर सोही नगरपालिका–६ भटाकाटीयाको अइरेनाका अन्दाजी ३६ वर्षीय चन्द्र साउँद बेपत्ता भएको प्रहरीले जनाएको छ। 

बाटोमा हिँड्दै गरेको अवस्थामा ती पुरुष सोमबार साँझ बगेका थिए। तर उनी हालसम्म फेला नपरेको अछामका प्रहरी प्रमुख डिएसपी तुलसीराम अर्यालले बताए। 

लगातारको वर्षाले कैलाश खोलामा पानीको बहाव बढेकाले खोजी कार्य प्रभावित भएको उनले बताए। 

कमेन्ट लोड गर्नुस