खोई सामाजिक विकास मन्त्री?
सुदूरपश्चिमको क्षेत्रीय रंगशाला धनगढीमा सामाजिक विकास मन्त्रीको खोजि भएको छ। सुदूरपश्चिम क्षेत्रीय रंगशालाको भौतिक पुर्वाधारको अवलोकन गर्नु आएका युवा तथा खेलकुद मन्त्री जगतबहादूर विश्वकर्माले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीको खोेजी गरेका हुन। सुदूरपश्चिमको रंगशाला निर्माणमा भैरहेको प्रगति र चुनौतिका बिषयमा खेलकुद मन्त्री बिश्वकर्माले प्रदेश सरकारसंग सम्वनय गर्न आवस्यक रहेको भन्दै सामाजिक मन्त्री सोडारीलाई खोजेका हुन। उनले भने, धनगढीको रंगशालालाई सुबिधा सम्पन बनाउका लागि साढे २ करोड संघिय सरकारले छुट्याएको छ। यहाँको प्रदेश सरकारसंग पनि कोडिनेशन होस, आज यहाँको सामाजिक विकास मन्त्रीलाई म आउने खबर थियो कि थिएन ? थियो भने किन आउनु भएन ? सामाजिक विकास मन्त्री सोडारी भने नेकपाका नेता भिव रावललाई धनगढी एरर्पाेट छोड्न गएका थिए। धनगढीको रंगशालाको डिपिआर तयार गर्न मन्त्रीले निर्देशन समेत दिए। डिपिआर तयार भए, माग्ने भाडो तयार हुने उनले बताए।