सुदूरकी चेली गौरिकाले टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने
धनगढी : जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने भएकी छन्।
नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै यही जुलाई २३ देखि हुने टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको हो।
जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा हुने ओलम्पिकमा ३३ खेलका ३३९ इभेन्ट हुनेछन् भने करीब ११ हजार खेलाडीले सहभागिता जनाउने छन् ।