सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटर यशपालको निधन

२०७८ असार २९, ०१:३५ खबर संवाददाता

भारतीय पूर्व ब्याट्सम्यान यशपाल शर्माको निधन भएको छ। शर्माको ६६ वर्षको उमेरमा मंगलबार बिहान हृदयघातबाट निधन भएको हो।

सन् १९८३ मा भारतले वेस्ट इन्डिजलाई फाइनलमा ४३ रनले हराउँदै पहिलो पटक विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए। उनले कुल ७९ अन्तर्राष्ट्रिय  खेलमा २ हजार ४ सय ८९ रन बनाएका छन्। यशपालको जन्म १९५४ मा पन्जाबको लुधियानामा भएको थियो। शर्माका श्रीमती, दुई छोरी र एक छोरा छन्।

उनले भारतबाट ३७ टेस्ट र ४२ ओडिआई खेल खेलेका थिए। टेस्टमा सन् १९७९ अगष्टमा इंग्ल्यान्डविरुद्ध लर्ड्समा डेब्यू गरेका उनले ओडिआईमा १९७८ मा पाकिस्तानविरुद्ध डेब्यू गरेका थिए। शर्माले १ सय ६० प्रथम श्रेणी र ७४ लिष्ट ए खेल खेलेका थिए।

इन्डियन प्रिमियर लिग (आइपिएल) उनले मुम्बई इन्डियन्सबाट खेलेका थिए। यस्तै उनले घरेलु क्रिकेट पन्जाप, हरियाणा र रेलवयबाट प्रतिनिधित्व गरेका थिए। -एजेन्सी 

कमेन्ट लोड गर्नुस