नदीमा डुबेर एक बालिकाको मृत्यु

२०७८ असार २९, ०५:४८
वीरगञ्जः बारामा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ।
आदर्श कोतवाल गाउँपालिका–८ जमुनिया बस्ने अब्दुल कलामकी ९ वर्षीया छोरी रोशन ताराको नदीमा डुबेर मृत्यु भएको हो।
उनी जमुनी नदीको किनारमा बाख्रा चराउन गएकी थिइन्। नदीमा हात खुट्टा धुने क्रममा लड्दा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले जनाएको छ।



कमेन्ट लोड गर्नुस