सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सर्वोच्चको फैसलाको स्वागत, दीप प्रज्वलन

२०७८ असार २८, ०८:१६ खबर संवाददाता

धनगढीः शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परामादेशको स्वागत गर्दै अत्तरियामा दीप प्रज्वलन गरिएको छ। 

नेपाल तरुण दल गोदावरी नगर कार्यसमिति र नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ४ ले सर्वोच्च अदालतले गरेको संसद् पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई असार २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न जारी गरिएको परामादेशको स्वाग गर्दै अत्तरियामा दिप प्रज्वलन गरिएको हो। 

दिप प्रज्वलन कार्यक्रममा यस क्षेत्रका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। नेपाल तरुण दल गोदावरी नगर कार्यसमिति सभापति शंकर खड्काको सभापतित्वमा कार्यक्रम भएको थियो। 

हातहातमा दीप लिएर अत्तरिया चोकको चारैतिर सहभागीहरूले दिप प्रज्वलन गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस