सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक इन्जिनियर मृत फेला

२०७८ असार २८, ०६:३३ खबर संवाददाता

अछाम: अछाममा एक इन्जिनियर मृत भेटिएका छन्।  जिल्लाको तुर्माखाँद गाउँपालिकाका इन्जिनियर हिक्मत बहादुर बुढा मृत फेला परेका हुन्।

बिहान कार्यालय गएका उनी दिउँसो मृत भेटिएका छन्। उनी आफ्नो कोठामै  मृत अवस्थामा भेटिएका हुन्। 

गाउँपालिकाका सूचना अधिकारी कृष्ण सोडारीका अनुसार बुढा सोमबार दिउँसो मृत फेला परेका हुन्। अछामकै पञ्चदेवल बिनायक नगरपालिका स्थायी घर भएका बुढा तुर्माखाँदमा भाडामा बस्दै आएका थिए। प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस