सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सोमबार ६१ जनामा संक्रमण पुष्टि, ३६ जना निको

२०७८ असार २८, ०६:२६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा सोमबार ६१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। भने, ३६ जना निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरी १ हजार ११४ नमुना परीक्षण गरिएकोमा ६१ जनामा काेराेना संक्रमण पुष्टि भएको हो। 

सेती अस्पतालमा ३२ जना, महाकाली अस्पतालमा १५ जना र डडेल्धुरा अस्पतालमा ४ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै बैतडी अस्पतालमा १०४ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।

हालसम्म सुदुरपश्चिममा ४४ हजार२६० जनामा संक्रमण पुष्टि भएको छ। भने, ३५ हजार १९४ जनाले कोरोना जितेका छन्। हालसम्म प्रदेशभर ५७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 
 

कमेन्ट लोड गर्नुस