सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारदमुनी भन्छन्–असंवैधानिक परमादेशले मुलुक भिडन्ततर्फ गयो

२०७८ असार २८, ०२:५७ खबर संवाददाता

धनगढी : एमाले नेता नारदमुनी रानाले सर्वोच्च अदालतले संविधानमाथि गम्भिर आघात पुग्ने फैसला गरेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता रानाले यस्तो बताएका हुन्।

उनले लेखेका छन्, ‘नेपालीको संविधान, संसदीय व्यवस्था, दलिय प्रणालीमाथि गम्भीर आघात। प्रधानमन्त्री बनाउने अधिकार प्रतिनिधि सभाको हो, सर्वोच्चको होईन। हेक्का रहोस।’

उनले असंवैधानिक परमादेशले मुलुक भिडन्त तर्फ गएको समेत बताएका छन्। ‘नेपालीको संविधानअनुसार राष्ट्रपति सर्वोच्च संस्था भएकोले अदालतले परमादेश जारी गर्न मिल्दैन। असंवैधानिक परमादेशले मुलुक अस्थिरता र भिडन्त तर्फ,’ उनले फेसबुकमा लेखेका छन्।

कमेन्ट लोड गर्नुस