सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले नेता बस्नेतले भने: माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको विरोध गरौ

२०७८ असार २८, ०२:१८ खबर संवाददाता

काठमाडौं : सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल एमालेका युवा नेता महेश बस्नेतले फेसबुकमार्फत माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गरेका छन्। उनले कार्यकर्तालाई कार्यकर्तालाई सडकमा उत्रन आग्रह गरेका हुन्।

अहिले एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन शुरू भएको छ। सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले आक्रोशित भएको हो। 


 

कमेन्ट लोड गर्नुस