सुदूर नेपाललाई विश्वसँग जोड्दै

अख्तियारको नजर स्थानीय तहमा

२०७५ कार्तिक १८, ०७:४७ कमल सावद

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले स्थानीयतहलाई विशेष निग्रानीमा राखेको बताएका छन्। स्थानीय तहमा आर्थिक अनियमिता भएका उजुरिहरु आएको बताउदैँ उनले वडा तहसम्म अख्तियारको सञ्जालमा विस्तार गरीने बताए।
अख्तियार अनुसन्धान आयोग कञ्चनपुर कार्यालयले आज धनगढीमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘सक्रमणकालको फाइदा उठाउँदै स्थानीय तहमा आर्थिक अनियमिता भएको खबर सञ्चार माध्याममा आउने गरेका छन्, अब अख्तियार सुक्ष्म तरिकाले अध्ययन गरिरहेका छ।’ स्थानीय तह आफैमा अधिकार प्राप्त रहेको बताउदै उनले सार्वजनिक निकायमा बसेर राज्यको सम्पत्तिको दुरपयोग गर्ने अधिकार कसैको नरहेको बताए। 
सार्वजनिक पदमा रहेका व्यक्तिले खरिद ऐनका वारेमा जानकार रहन उनले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई निर्देशन पनि दिए। अख्तियारा आप्mनो काममा प्रबन्र्धनात्मक तरिकाले अगाडि बढेको भन्दै उनले भने, ‘पछिल्लो समयमा विकास आयोजनाका कार्यमा आर्थिक अनियमिता भएको उजुरि आउने गरेका छन्। ‘योजना कामको पनि निगरानीमा राखेकाछौ।’ अख्तियारको हिरासतमा धेरै राष्ट्रसेवक कर्मचारी रहेको भन्दै उनले भने, आफ्नो कार्य कानुन अनुसार जिम्मेवार पूर्वक निर्भाह गर्नु। 
प्रमुख आयुक्त घिमिरेले काम नगर्ने ठेकेदारहरुका विरुद्धमा आयोग चुप लागेर नबस्ने बताए। लामो समयसम्म ठेक्का सम्झौता गरि काम नगर्ने ठेकेदारहरुका बिषयमा अब आयोग मौन नहुने उनल ेबताए। स्थानीय तहसम्म आयोगको संगठन विस्तारका बषियमा अर्थमन्त्रालयसंग समन्वय भइरहेको छ, उनले भने, सरकारले आयोगलाई सहयोग गरेको खण्डमा सरकारसंगै सहकार्य गरेर आयोग स्थानीय तहसम्म पुग्ने छ। 
गैरसरकारी संस्थाको निगारानीका बिषयमा आयोगले आफ्नो ऐन र भ्रष्टाचार निवारण सम्बन्धि ऐन संसोधनको प्रस्ताव नेपाल सरकार मन्त्री परिषदमा पु¥याएको अख्तियार प्रमुख घिमिरेले बताए।
कार्यक्रममा अख्तियार अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेले विकास निर्माण हुने ढिलाई र गुणस्तरमा अख्तियारको ध्यान केन्द्रित हुने गरेका अवगत गराए। यस्तै सुदूरपश्चिम प्रदेशको मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालयका मुख्य सचिव नारायणप्रसाद विडारीले शुसान कायम गर्न सम्पूर्ण प्रदेशका कर्मचारीहरुलाई निर्देशन दिए। उनले कार्यालयमा काम गर्दा कसैको व्यत्तिगत लोभ लालचमा नलागेर लाग्नुपर्ने बताए। पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचार मौलाउदै गएकाले अब अख्तियारको प्रमुख निग्रानी स्थानीय तहमा हुनुपर्नेमा सरकोकारवालाले जोड दिए। मुलुकमा स्थानीय सरकार आए यता विकास निर्माणका नाममा भ्रष्टाचार मौलाएकाले स्थानीय स्तरसम्म आयोगको प्रभावकारीता देखिनुपर्नेमा सहभागीहरुको जोड छ। सुदूरपश्चिमा पनि गैर सरकारी सुंस्थाहरुका नाममा बढेको आर्थिक वेथितिको पनि आयोगले निग्रानी गर्न आवश्यक रहेको सहभागिहरुको भनाइ छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोजले सुदूर पश्चिमा हालसम्म दर्ता भएका उजुरीको बारेमा समेत जनाकारी गराइएको छ। जस अनुसार सुदूर पश्चिममा आर्थिक बर्ष २०७०÷०७१ चालु आर्थिक बर्षको असोज मसान्तसम्म दर्ता भएका ४ हजार २ सय ६६ उजुरी मध्य ३ हजार ६ सय ४३ फर्चोट भएको छन। कैलालीबाट १ हजार २ सय १७ उजुरी अख्तियारमा दर्ता भएका छन्। यो प्रदेशको सबै भन्दा बढि हो। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस