सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिउँद नलाग्दै हिमपात (फोटो फिचर)

२०७५ कार्तिक १८, ०७:११ नरेन्द्र कार्की

दार्चुलामा हिउँद नलाग्दै कार्तिकमै हिमपात सुरु भएको छ । शनिबार राती परेको पानीसँगै दार्चुलाको उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको हो।

दार्चुलाको अपी हिमाल गाउँपालिका, व्यास गाउँपालिकासँगै दुहुँ, नौगाढ र मार्मा गाउँपालिकाका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । व्यासको गाउँपालिकाको वडा नम्बर १ को छांगरु तिंकर नजिकै हिमपात भएको व्याँसका स्थानीय योगेश बोहराले बताए।

गाउँसम्म नै हिउँ पुगे पनि घाम लागेसँगै गाउँतिरको हिउँ पग्लिएको अपी हिमाल गाउँपालिका २ का स्थानीय हरिशचन्द्र कार्कीले बताए।  

अपी हिमाल, कापाचुली, जेठी बहुरानी जस्ता हिमाल र गाउँ नजिकैको डाडाँपाखामा हिउँ पुगेको थियो । पानी परेसँगै भएको हिमपातका कारण दार्चुलाको तापक्रमसमेत घटेको छ। दार्चुलामा शनिबार राती १५.२ मिलिलिटर वर्षासमेत मापन गरिएको । 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस