सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्वाला संग्रौलासहित ४ जना विरुद्धको अभियोगपत्र जिल्ला अदालतमा दर्ता

२०७८ असार २८, १२:३२ खबर संवाददाता

काठमाडौंः प्रहरी कार्यालयमा रंगभेदी बोली बोल्ने ‘सामाजिक अभियन्ता’ ज्वाला संग्रौलासहित ४ जना विरुद्धको अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ। आइतबार अभियोगपत्र दर्ता गरिएको जिल्ला अदालत काठमाडौंका प्रमुख गंगा पौडेलले बताए। 

महानगरीय प्रहरी परिसर काठमाडौंले टिका संग्रौला ‘ज्वाला’, उनका पति हिमालप्रसाद उपाध्याय र  शर्मिला वाइवा भन्ने शर्मिला राईलाई असार ६ मा पक्राउ गरेको थियो। उनीहरुकै समूहमा रहेका दोलखाका यमबहादुर खड्कालाई पनि प्रहरीले पक्रेर अनुसन्धान गरेको थियो।

सो समूहमाथि युवा संघकी केन्द्रीय सदस्य नविता घिमिरे ‘खुश्वु’ लाई हातपात गरेको अभियोग छ। उनीहरुले घट्टेकुलोस्थिन खुश्वुको निवास र महानगरीय प्रहरी वृत्त गौशालामा हातपात गरेका थिए। जेठ १४ मा भएको सो झगडाको विषयमा पक्राउ गरेर अनुसन्धान गर्दा टिका संग्रौलाका दम्पतीले नक्कली विवाह दर्ता बनाएको भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए। 

संग्रौलाले महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिएर जातीय विभेद गरेकी थिइन्।  संग्रौला दम्पतीमाथि सरकारी वकिल कार्यालयले लिखत सम्बन्धी कसुर, अभद्र व्यवहार र जातीय विभेद विरुद्धको कसुरमा कारवाही हुन मागदावी लिएको छ। शर्मिला र यमबहादुर खड्काविरुद्ध अभद्र व्यवहारमा कारवाही गर्न माग दावी गरिएको छ। 

कमेन्ट लोड गर्नुस