दार्चुलामा नदी थुनियो, खुलाउन सुरक्षाकर्मी परिचालन

२०७८ असार २८, १२:१४
दार्चुलाः दार्चुलामा बाढी पहिरोका कारण नदी थुनिएको छ। दार्चुलाको नौगाडमा पहिरोका कारण उक्त नदी थुनिएको हो। थुनिएको नदी खुलाउन सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। असार २५ गते आएको पहिरोका कारण नौगाड गाउँपालिका ३ मा जामिरमा नदी थुनिएको थियो।
स्थानीयले थुनिएको नदी खुलाउन प्रयास गरेपनि नदी खुलाउन नसकेपछि सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए। थुनिएको नदी खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली नौगाड पुगेको हो।


कमेन्ट लोड गर्नुस