सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा अपि हाइड्रो पावरको ड्याम र वरपरका बस्ती जोखिममा

२०७८ असार २८, १०:५६ खबर संवाददाता

धनगढी : दार्चुलामा अपि हाइड्रो पावरको ड्याम जोखिममा परेको छ। नौगाड गाउँपालिकामा रहेको ड्याम वर्षाका कारण जोखिममा परेको हो।

गाउँपालिकाको वडा नम्बर ३ को खार र नौगाड खोलाको दोभानमा पानीजम्मा भएपछि तलाउ बनेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए।

‘अहिले उक्त स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली खटिएको छ,’ उनले भने, ‘पानीजम्मा भएको तलाउ विस्तारै फुटे केही समस्या हुदैन तर एकैचोटी तलाउ फुटेपछि अपि हाइड्रो पावरको ड्याम र खोला आसपासका बस्ती जोखिममा पर्ने देखिएको छ।’

तीनै सुरक्षा निकायले क्षति नहुने गरी तलाउ फुटाउने प्रयास गरिरहेको डिएसपी भट्टले बताए।

कमेन्ट लोड गर्नुस