सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनी नगरपालिकामा उप–प्रमुखको ताला

२०७८ असार २८, १०:१४ खबर संवाददाता

धनगढीः कैलालीको भजनी नगरपालिकामा उप–प्रमुखले ताला लगाएकी छिन्। उपप्रमुख छायाँ देवकोटासहितको जनप्रतिनिधिहरुको समूहले नगरपालिकामा ताला लगाएको हो।

आइतबार उनीहरुले कार्यपालिकाको बैठक बहिस्कार गरेका थिए। नगरप्रमुख शेरबहादुर चौधरीले बहुमतको आधारमा निर्णय गर्न थालेको भन्दै नगरपालिकामा ताला लगाएको देवकोटाले बताइन्।  

योजना तर्जुमा नै नगरी बजेट पारित गर्न थालेपछि विरोध गरेको उनले बताइन्। नगर प्रमुखले राखेको प्रस्तावमा बहुमतले जर्वजस्ती निर्णय गर्न खोजियएको भन्दै उनले बिरोध गरेकी हुन्।

उनीहरुले  माइन्युट समेहत कब्जा गरका थिए। उप–प्रमुख देवकोटासहितका वडा नम्बर १ का अध्यक्ष  रबिन थापा, ५ का अध्यक्ष  केशव बहादुर बुढा र ३ का अध्यक्ष  विक्रम चौधरीले बहिस्कार गरेका थिए। थापा र बुढा एमालेका हुन भने चौधरी जसपाका हुन्।

सोमबार १० बजे बैठक बलाइएकोमा ताला लगाइएको हो। सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि पनि उपप्रमुख देवकोटालाई प्रमुख चौधरीले अधिकार नदिएको उनको आरोप छ।
 
 

कमेन्ट लोड गर्नुस