सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनीमा उपप्रमुख र वडाध्यक्षले गरे कार्यपालिका बैठक बहिस्कार, माइन्युट थुतियो

२०७८ असार २७, ०७:०७ खबर संवाददाता

धनगढीः कैलालीको भजनी नगरपालिकामा कार्यपालिका बैठक विवादित बनेको छ। बैठक विवादित बनेपछि नगरपालिकाकी उपप्रमुख छाया देवकोटासहितका वडाध्यक्षहरूले कार्यपालिका बैठक बहिस्कार गरेका छन्। बैठकमा नगरप्रमुख शेरबहादुर चौधरीले बहुमतको आधारमा निर्णय गर्न थालेपछि बैठक बहिस्कार गरेको उपप्रमुख देवकोटाले बताइन्।

‘योजना तर्जुमा नै नगरी बजेट पारित गर्न थालेपछि हामीले विरोध गरेका हौँ ’उनले भनिन्, ‘प्रमुखले बहुमत देखाउन थालेपछि हामीले बहिस्कार ग¥यौँ। नगर प्रमुखले राखेको प्रस्तावमा बहुमतले जर्वजस्ती निण्र्नय गर्न खोजियो। त्यसैले हामीले माइन्युट कब्जा गरका छौ।’ कब्जा गरेपछि पछि उक्त निर्णय हुन नसकेको उनले बताईन्।

उपप्रमुख देवकोटा सहितका वडा नम्बर १ का अध्यक्ष  रबिन थापा, ५ का अध्यक्ष  केशव बहादुर बुढा र ३ का अध्यक्ष  विक्रम चौधरीले बहिस्कार गरेका थिए। थापा र बुढा एमालेका हुन् भने चौधरी जसपाका हुन् ।
अर्को बैठक सोमबार १० बजे नगर सभा आयोजना गरिएको उनले बताइन्। सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि पनि उपप्रमुख देवकोटालाई प्रमुख चौधरीले अधिकार नदिएको उनको आरोप छ।
 

कमेन्ट लोड गर्नुस